२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

टेरामक्स खरिद प्रकरण : अख्तियारमा कार्कीको बयान, मन्त्री बस्नेतको आलटाल !

टेरामक्स खरिद प्रकरण : अख्तियारमा कार्कीको बयान, मन्त्री बस्नेतको आलटाल !
अ अ+ अ-

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले यसै साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका छन्। अख्तियारमा बयानका लागि नगएको भन्दै समाचार आउन थालेपछि कार्की आफैं सम्पर्कमा पुगेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

‘धेरै समाचार आउन थाले, त्यही भएर उहाँ आफैं अख्तियार पुग्नुभयो,’ कार्कीनिकट स्रोतले भन्यो। अख्तियारले कार्कीलाई बयानका लागि राष्ट्रियसभा निर्वाचनअघि नै बोलाएको थियो। तर उनले आफू पूर्वतिर रहेको भन्दै आलटाल गरेका थिए।

आलटाल गरेको समाचार प्रकाशित हुन थालेपछि उनले अख्तियार पुगेर लिखित रूपमा आफ्ना कुरा राखेको स्रोतको दाबी छ। ‘लिखित रूपमा आफ्ना कुरा राख्नुभएको छ,’ कार्कीनिकट एक नेताले भने।

टेरामक्स प्रकरणमा मुछिएका कर्मचारी सबैले बयान दिइसक्दा पनि बहालवाला मन्त्री मोहनबहादुर बस्नेत र पूर्वमन्त्री कार्कीले दिएका थिएनन्। मुद्दा दर्ताको अन्तिम चरणमा पुगेको अख्तियार दुईजनाले बयान नदिँदा रोकिएको छ। कार्कीले अख्तियारको पत्र बुझेर जवाफ दिएका हुन्।

कार्कीले दुई दिनअघि प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै गर्दा आफू मिडियामा प्रचार भएजस्तो फरार नभएको प्रतिक्रिया दिएका थिए। ‘मेरो यसमा कुनै प्रतिक्रिया छैन र तपाईंहरूलाई पनि स्वस्थ पत्रकारिता गर्नका लागि म आग्रह गर्छु,’ उनले सोमबार सञ्चारकर्मीसँग भनेका थिए।

उनले थप केही कुरा भए पछि गर्ने पनि बताएका थिए। ‘केही कुरा भए म पछि तपाईंहरूसँग कुरा गर्नेछु, तपार्इंहरू अनुसन्धान गर्नुस् जानुस्,’ पूर्वमन्त्री कार्कीले भनेका थिए।

कार्की अख्तियारमा पुगेको विषय अहिलेसम्म सार्वजनिक भएको छैन। ‘को आए रु को गए रु त्यो मिडियाको चासो होइन,’ अख्तियारका एक कर्मचारीले भने, ‘यस्ता विषयमा तपाईंहरूलाई खुबै चासो हुन्छ।’

पूर्वमन्त्री कार्कीले अख्तियारालाई बयान दिए पनि स्वास्थ्यमन्त्री बस्नेत भने अहिलेसम्म उपस्थित भएका छैनन्। उनलाई बयान दिन अख्तियारले पटकपटक बोलाएको छ।

कानुनी पूर्वाधारबिना टेरामक्स प्रणाली खरिद अघि बढाएको, सर्वोच्चको आदेशको आफूअनुकूल व्याख्या गरेको दाबी अख्तियारमा परेको उजुरीमा गरिएको छ। प्राधिकरणले खरिद गरेको टेरामक्सलाई सञ्चालनमा नल्याइ थन्काएर राखिएको छ। अख्तियारले ट्याक्स हेभन मुलुकको कम्पनीसँग शंकास्पद कारोबार गरेकोलगायत विषयमा पनि अनुसन्धानलाई तीव्र पारेको बुझिएको छ।

यस प्रकरणमा मुछिएका तत्कालीन सचिव एवं हाल राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पनि अख्तियार पुगेर बयान दिइसकेका छन्। दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल र संघीय मामिला मन्त्रालयका सचिव विनोद सिंहले पनि अख्तियारमा पुगेर बयान दिइसकेका छन्। उनीहरू सबैले बयान दिँदा पनि राजनीतिक तहबाट मन्त्रालयको नेतृत्व गरेका व्यक्तिहरूले संवैधानिक आयोगलाई अटेर गरेका छन्।

बहालवाला स्वास्थ्यमन्त्री बस्नेत, पूर्वसञ्चारमन्त्री कार्की, पूर्वसञ्चार सचिव गुरुङ, हालका मुख्यसचिव अर्याल, संघीय मामिला सचिव सिंह, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालसमेत मुछिएको यो प्रकरणमा अख्तियारले आफ्नो छानबिन प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएपछि यो विषयमा लेखा समिति पनि प्रवेश गरेको थियो।

संसद्को लेखा समितिले पनि अनुसन्धानका लागि अख्तियारलाई जिम्मेवारी दिएको छ। लेखा समितिले अख्तियारलाई जिम्मा लगाउनुअघि नै विजयकुमार रोय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सन्दीप अधिकारी, सुरेन्द्रलाल हाडा, कैलाश कार्की, मीनप्रसाद अर्याल, दीपेश आचार्य, अर्जुन घिमिरे, सूर्यप्रसाद लामिछाने, धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, चूडामणि चौलागाईं, हेमकुमार श्रेष्ठ, राममणि दुवाडी, टेकनाथ आचार्यलगायतसँग दुई चरणको बयान लिएको थियो। अख्तियारले अन्तिम चरणमा मात्रै तत्कालीन समयमा सञ्चार मन्त्रालयको नेतृत्व गरेका बस्नेत र कार्कीलाई बयानका लागि बोलाएको थियो।

तत्कालीन सञ्चार सचिव वैकुण्ठ अर्यालले २२ कात्तिक २०७८ मा ज्ञानेन्द्र कार्कीसमक्ष पूरक बजेट पठाउने राय लेखेका थिए। सोही आधारमा मन्त्री कार्कीले सदर गरेपछि खरिद प्रक्रिया अघि बढेको हो। सचिव अर्यालले प्रस्ताव पेस गरेको तीन दिनपछि २५ कात्तिक २०७८ मा तत्कालीन सञ्चारमन्त्री कार्कीले पूरक बजेट प्रस्ताव स्वीकृत गरेका थिए।

त्यसपछि प्राधिकरणलाई बजेट सञ्चालन गर्ने बाटो खुलेको थियो। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेतले टेरामक्स प्रणाली खरिदको प्रक्रियालाई एनसेलको कर छली रोक्न भन्दै अघि बढाएका थिए। यसमा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाकै जोडबल रहेको थियो। सोही प्रकरणमा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिइसकेका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।