७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटमा सुत्केरीको हेलिकोप्टरबाट उद्धार



अ+ अ-

मान्म (कालीकोट) । कालिकोटमा सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । पलाँता गाउँपालिका–६ उखाडीकी ३५ वर्षीया रिउली रोकायाको बुधबार हेलिकप्टरमा उद्धार गरिएको हो ।

मङ्गलबारदेखि सुत्केरी व्यथाले च्यापेकी रिउलीलाई आफन्तले पलाँता गाउँपालिकास्थित नेटा स्वास्थ्य चौकी पुर्‍याएका थिए । सुत्केरी हुन नसक्दा उहाँलाई आज हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको पालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपाने बताउनुभयो । “रिउलीले सुर्खेतमा छोरालाई जन्मदिनुभएको छ”, उहाँले भन्नुभयो ।

सुत्केरी रिउलीको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले बताउनुभयो । रासस