७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव सांसदहरु नआएपछि सोमवारको संसदीय सुनुवाई समितिको बैठक स्थगित छविलाल जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश नेप्से परिसूचक ५९ अङ्कले घट्यो करण जोहरले कोल्डप्ले कन्सर्टको टिकट पाएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईलाई मरुभूमिकरण हुनबाट रोक्न यथोचित प्रयास होस्: सांसद अधिकारी



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले तराईलाई मरुभूमिकरण हुनबाट रोक्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अधिकारीले तराईमा जल सतह ४०० फिटभन्दा तल गइसकेको भन्दै यसले तराईलाई मरुभूमि बनाउँदै लगेको बताउनु भयो । उहाँले तराई/मधेसलाई मरुभूमीकरण हुनबाट जोगाउन सरकारले यथोचित प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले चुरेमा तस्करहरुले गिट्टी, बालुवा उत्खनन् समेत गरिरहेका भन्दै चुरे विनाश हुँदै गइरहेको बताउनु भयो । चुरे बचाउन सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘तराई मरुभूमि हुने अवस्थामा छ । त्यहाँ जल सतह धेरै तल गइसकेको छ । हिजो सय फिटमा पानी प्राप्त हुन्थ्यो भने अहिले ४०० फिटभन्दा पनि मुनी गएको छ । हिउँद लाग्दादेखि नै यो हाहाकार शुरु भएको छ । यस्तो अवस्था सिर्जना भएको छ । त्यसको सरकारको ध्यान यथोचित रुपमा पुगेको छैन । सरकारले मधेशलाई, चुरेलाई बचाएर, मधेशलाई मरुभूमीकरण हुनबाट जोगाउन, त्यहाँको उत्पादन शक्तिलाई घट्न नदिन गम्भिर प्रयास गर्नुपर्ने हुन्छ । गिट्टी, बालुवा उत्खनन् गर्ने ऐन ल्याउने सरकारले निर्णय गर्‍यो । त्यो ऐनको सरासर प्रभाव परिराखेको छ । ठाउँ ठाउँमा उत्खनन् गरेर चुरे नास गर्ने, चुरेलाई मरुभूमिकरण गर्ने योजनामा तस्करहरु लागिसकेका छन् । यसलाई रोक्ने कि नरोक्ने ? यो मधेशको लागि ठूलो समस्याको रुपमा देखापरेको छ । मधेशलाई मरुभुमि बनाए नेपालले के भोग्नुपर्ने हो ? यतातर्फ ध्यानाकर्षण गराएँ ।’

उहाँले सरकारले सन्तुलित रुपमा बजेट नदिएको भन्दै त्यसले सन्तुलित विकासमा समेत असर परेको बताउनु भयो । उहाँले सरकारले बजेटमा मधेसलाई अन्याय गरेको पनि बताउनु भयो ।