६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईलाई मरुभूमिकरण हुनबाट रोक्न यथोचित प्रयास होस्: सांसद अधिकारी



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले तराईलाई मरुभूमिकरण हुनबाट रोक्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अधिकारीले तराईमा जल सतह ४०० फिटभन्दा तल गइसकेको भन्दै यसले तराईलाई मरुभूमि बनाउँदै लगेको बताउनु भयो । उहाँले तराई/मधेसलाई मरुभूमीकरण हुनबाट जोगाउन सरकारले यथोचित प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले चुरेमा तस्करहरुले गिट्टी, बालुवा उत्खनन् समेत गरिरहेका भन्दै चुरे विनाश हुँदै गइरहेको बताउनु भयो । चुरे बचाउन सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘तराई मरुभूमि हुने अवस्थामा छ । त्यहाँ जल सतह धेरै तल गइसकेको छ । हिजो सय फिटमा पानी प्राप्त हुन्थ्यो भने अहिले ४०० फिटभन्दा पनि मुनी गएको छ । हिउँद लाग्दादेखि नै यो हाहाकार शुरु भएको छ । यस्तो अवस्था सिर्जना भएको छ । त्यसको सरकारको ध्यान यथोचित रुपमा पुगेको छैन । सरकारले मधेशलाई, चुरेलाई बचाएर, मधेशलाई मरुभूमीकरण हुनबाट जोगाउन, त्यहाँको उत्पादन शक्तिलाई घट्न नदिन गम्भिर प्रयास गर्नुपर्ने हुन्छ । गिट्टी, बालुवा उत्खनन् गर्ने ऐन ल्याउने सरकारले निर्णय गर्‍यो । त्यो ऐनको सरासर प्रभाव परिराखेको छ । ठाउँ ठाउँमा उत्खनन् गरेर चुरे नास गर्ने, चुरेलाई मरुभूमिकरण गर्ने योजनामा तस्करहरु लागिसकेका छन् । यसलाई रोक्ने कि नरोक्ने ? यो मधेशको लागि ठूलो समस्याको रुपमा देखापरेको छ । मधेशलाई मरुभुमि बनाए नेपालले के भोग्नुपर्ने हो ? यतातर्फ ध्यानाकर्षण गराएँ ।’

उहाँले सरकारले सन्तुलित रुपमा बजेट नदिएको भन्दै त्यसले सन्तुलित विकासमा समेत असर परेको बताउनु भयो । उहाँले सरकारले बजेटमा मधेसलाई अन्याय गरेको पनि बताउनु भयो ।