काठमाडौं । गृहमन्त्रालयले हिरासतमा रहेका नेत्र विक्रम चन्द विप्लव समूहका नेता तथा कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेकोछ । बिहिबार बिहान सरकार संग भएको सहमति र साँझ मन्त्रिपरिषद्ले प्रतिबन्ध हटाउने निर्णय गरेपछि जेलमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको हो ।
गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर कानूनी प्रक्रिया पुरागरी छाड्न निर्देशन दिएको हो । हाल विप्लव समूहका १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासत मा रहेका छन् ।











