• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ ★   ‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’ ★   गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने ★   भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै ★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे ★   शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस् ★   चतराधाममा पूर्ण महाकुम्भ समापन : चालिस लाख भक्तद्वारा स्नान, दर्शन ★   अनि भ्रष्टाचारी ठहर भएका सांसदले संसदभित्रै सुशासनको नारा लगाउन थाले…

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको तेस्रो दिन मंगलबार पनि सुन–चाँदीको मूल्य घटेको छ । आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो ।

मंगलबार सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भईरहेको छ । सोमबार उक्त सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै। आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेर १३ सय ७५ रूपैयाँमा कारोबार भईरहेको महाहसंघले जनाएको छ ।