१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटल स्क्वायरका प्रबन्ध निर्देशक अर्याल पक्राउ



अ+ अ-

काठमाडौँ । ललितपुरस्थित होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ परेका छन् । अर्याललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए ।

ललितपुर महानगरपालिका ३ मा सञ्चालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा करेन्ट लागेर ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ गते पौडी खेल्ने क्रममा घाइते भएका उनी अहिलेसम्म पनि अर्धअचेत अवस्थामा छन् ।

शाक्यका परिवारले होटलको लापरबाहिको कारण उक्त घटना घटेको भन्दै न्याय माग गरिरहेका छन् । होटलका संचालकहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।