![](https://newspolar.com/wp-content/uploads/2024/02/shantibatikaJPG.jpg)
काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले शान्तिबाटिका खाली गराएको छ ।
सरकारले माइतीघरमा निषेधाज्ञा जारी गरेपछि शान्तिबाटिकामा गएर आन्दोलन गरिरहेका उनीहरुलाई त्यहाँबाट हटाईएको हो ।
माइतीघरको निषेधाज्ञापछि न्याय माग्दै मिटरब्याज पीडित र अन्य पीडितहरुलाई शान्तिबाटिकामा बस्दै आएका थिए । महानगर प्रहरीको टोलीले उनीहरुलाई ठाउँ खालि गर्न भनेको छ ।