• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

किक बक्सिङ टोली भारत जाने



काठमाडौं । तेश्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली जाने भएको छ ।

फेब्रुअरी ६ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुकार श्रेष्ठ, जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा सिमोन उप्रेती र निर्णायकमा विन्दा नेपाली रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारीले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।