६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्ने भएको छ । उता नेकपा ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ ।

आजको नेकपा प्रचण्ड–नेपाल समूहको बैठकमा भने आउँदो फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने बताईएको छ । 

यसअघि प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गरेको थियो ।