६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं आउँदै गरेका विप्लव प्रधानमन्त्रीसंग छलफल गर्न बालुवाटार जाँदै



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा गृहमा आयोजना हुने कार्यक्रमबाट सार्वजनिक हुन लागेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रधानमन्त्री केपी ओली संग छलफल गर्न बालुवाटार जाँदै हुनुहुन्छ ।

बिहान पूर्वी नवलपरासीबाट काठमाडौंका लागि प्रहरीको सुरक्षाघेरामाकाठमाडौं आउँदै गर्नुभएका चन्द सिधै बालुवाटार जाने र प्रधानमन्त्री संग छलफल गरेपछि राष्ट्रिय सभागृहमा आउने उहाँ निकट एक नेताले न्यूज पोलारलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली संग चन्दले आगामीदनमा गरिने खुल्ला राजनीति, बर्तमान अबस्थाका बारेमा छलफल गर्नुहुने जनाईएको छ । त्यसपछि राष्ट्रियसभा गृहमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओली र चन्दले सयुक्त रुपमा  सहमति पत्रमा  हस्ताक्षर समेत गर्ने कार्यक्रम रहेको छ ।