५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेश



अ+ अ-

काठमाडौँ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेश गरेको छ ।

सोमवारबाट शुरु भएको संघीय संसदको तेस्रो अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको हो । त्यस अवसरमा उहाँले नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गर्ने र सो प्रक्रियामा हुने छलफलको अवधि पर्याप्त गर्ने उद्देश्यले सो अध्यादेश प्रतिनिधि सभा बैठकमा पेश गर्नुपरेको स्पष्ट पार्नुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘आर्थिक विधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ मा रहेको त्यस्ता समायावधि संशोधन आवश्यक भएको र संघीय संसदको अधिवेशन नभएकाले नेपालको संविधानको धारा ११४ को संवैधानिक व्यवस्था बमोजिम यो अध्यादेश जारी गर्नु परेकाले प्रतिनिधि सभा नियमावली २०७९ को निमय ९४ बमोजिम प्रतिनिधिसभा समक्ष प्रश्तुत गर्दछु ।’

त्यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थप थर्ने आदेश पनि पेश गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।




भर्खरै