२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेश



अ+ अ-

काठमाडौँ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेश गरेको छ ।

सोमवारबाट शुरु भएको संघीय संसदको तेस्रो अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको हो । त्यस अवसरमा उहाँले नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गर्ने र सो प्रक्रियामा हुने छलफलको अवधि पर्याप्त गर्ने उद्देश्यले सो अध्यादेश प्रतिनिधि सभा बैठकमा पेश गर्नुपरेको स्पष्ट पार्नुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘आर्थिक विधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ मा रहेको त्यस्ता समायावधि संशोधन आवश्यक भएको र संघीय संसदको अधिवेशन नभएकाले नेपालको संविधानको धारा ११४ को संवैधानिक व्यवस्था बमोजिम यो अध्यादेश जारी गर्नु परेकाले प्रतिनिधि सभा नियमावली २०७९ को निमय ९४ बमोजिम प्रतिनिधिसभा समक्ष प्रश्तुत गर्दछु ।’

त्यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थप थर्ने आदेश पनि पेश गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।