• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

पूनम पाण्डेको समस्या बढ्यो, मोडलविरुद्ध थुप्रै उजुरी दर्ता



एजेन्सी । भारतीय मोडल पूनम पाण्डेविरुद्ध मृत्युको झुटो समाचार फैलाएको भन्दै तीनवटा उजुरी परेका छन् । अधिवक्ता अली कासिफ खान देशमुखले पूनम पाण्डेविरुद्ध पहिलो उजुरी माग गरेका थिए ।

यसपछि अखिल भारतीय चलचित्रकर्मी संघले पनि अभिनेत्रीलाई कानुनी कारबाही गर्न माग गरेको छ । अहिले प्रनम पाण्डेविरुद्ध सामाजिक सञ्जालका प्रभावशाली फैजान अन्सारीले तेस्रो लिखित उजुरी दिएका छन् ।

पूनमले प्रचारप्रसारका लागि आफ्नै मृत्युको झूटा अफवाह फैलाएर जनतालाई भ्रममा पारेको भन्दै उनीहरुले पूनमविरुद्ध उजुरी गर्न माग गरेका छन् । यस विषयमा कानुनी कारबाही गरिने मुम्बई प्रहरीले जनाएको छ ।

अखिल भारतीय चलचित्रकर्मी संघले मोडल–अभिनेत्री पूनम पाण्डेलाई पनि कानुनी कारबाही गर्न माग गरेको छ । अखिल भारतीय चलचित्रकर्मी संघले मुम्बई प्रहरीलाई पत्र लेखेको छ । पूनम पाण्डेलाई कारबाही गर्न प्रहरीसँग माग गरिएको छ ।

के थियो पूरा कुरा ?
अभिनेत्री–मोडल पूनम पाण्डेले आफ्नो मृत्युको झुटो समाचार बनाएर सबैलाई चकित पारेकी थिइन् । शनिबार एक भिडियो शेयर गर्दै अभिनेत्रीले आफू जिवितै रहेको बताएकी छिन् । उनको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण भएको थिएन । जनतालाई सचेत गराउनको लागि उनले आफ्नो मृत्यु मञ्चन गरेकी थिइन् ।

भिडियोमा पूनमले भनिन्, ‘म जिउँदै छु । पाठेघरको मुखको क्यान्सरले गर्दा म मरेको होइन । दुर्भाग्यवश, पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाहरूका लागि पनि म त्यस्तै भन्न सक्दिनँ । उनीहरुले केहि गर्न नसक्ने कारणले होइन तर के गर्ने थाहा नभएको कारणले यस्तो हुन्छ ।’

म यहाँ के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरु क्यान्सरजस्तो होइन । यो रोक्न सकिन्छ । तपाईंले आफ्नो परीक्षण गर्नु र एचपीची खोप लिनु पर्छ । हामी यो सबै गर्न सक्छौं ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस् ।’