९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यको लागि बरदान हो अमलाको जुस, यस्ता छन् ८ फाइदाहरु



अ+ अ-

काठमाडौं । अमलालाई पोशाक तत्वको राजा मान्ने गरिन्छ । अमलामा ति सबै जरूरी मिनिरल्स र भिटामिन पाइन्छ जुनले शरीरलाई स्वस्थ्य मात्र नराखी कयौं तरिकाको रोगबाट पनि बचाउने काम गर्छ । अमलालाई डाइटको रुपमा कयौं तरिकाले समावेश गर्न सकिन्छ । तपाई अमलालाई काचै पनि खान सक्नुहुन्छ, यसको जूस पिउन सक्नुहुन्छ वा अचार वा जाम बनाएर पनि खान सकिन्छ । अमलाले तपाईलाई फाइदा पुर्याउँछ । 

१) भरपूर भिटामिन – अमलामा प्रयाप्त मात्रामा भिटामिन सि पाइन्छ, जसले प्रतिरक्षा र मेटाबलिज्म बढाउने काम गर्छ । अमलाले रुघाखोकी, कफ जम्नेको अलावा शरीरमा भाइरल र ब्याक्टेरियल इन्फेक्शन फैलाउन दिदैन । अमलामा यस्तो तत्व पनि पाइन्छ जुन क्यान्सर सेल्सबाट लड्न काम गर्छ । आयुर्वेदका अनुसार, अमलाको जूसले शरीरका सबै प्रक्रियालाई सन्तुलित गर्दछ । 

२) मुखको छालामा उपयोगी – स्वास्थ्य विज्ञका अनुसार, अमलाको रस सेवनले रुघा(खोकीको साथै मुखको छालाको लागि पनि निकै फाइदादायक हुन्छ । अमलालाई एक महत्वपूर्ण घरेलू उपायको तरिकाले प्रयोग गर्न सकिन्छ । दुई चम्चा अमलाको जुसमा दुई चम्चा मह मिलाएर दैनिक पिउनाले सर्दी र खोकी निको पार्नमा मद्दत मिल्छ । मुख भीत्रको घाउको समस्याबाट छुटकारा पाउनको लागि अमलाको जुस पानीमा घोलेर पिउदा तथा कुल्ला गर्दा फाइदाजनक हुन्छ । 

३) कोलेस्ट्रोलको स्तर सही हुन्छ – अमलाले कोलेस्ट्रोललाई सहि राख्छ । नियमित रूपमा अमलाको जुस पिउनाले कोलेस्ट्रोलको स्तर कम हुन्छ र शरीर स्वस्थ रहन्छ । यसमा पाइने एमिनो एसिड र एन्टीअक्सिडेन्टको कारणले मुटुले राम्ररी काम गर्छ । 

४) अस्थमा सही राख्छ – अमला स्वासप्रस्वासको रोगिहरुको लागि फाइदाजनक हुन्छ । अस्थमालाई सही राख्न डाईबिटीजलाई पनि कन्ट्रोल गर्दछ । अमलाको सेवनले पाचनप्रणालीलाई पनि राम्रो बनाउदछ ।

५) मृगौला स्वस्थ राख्छ – अमलाले मृगौलालाई सुरक्षित राख्दछ । अमलामा मृगौलालाई सुरक्षित राख्ने सबै तत्व पाइन्छ । यसले शरीरबाट सबै विषाक्त पदार्थलाई बाहर निकाल्दछ । 

६) न्युट्रेसन ड्रिंककोरुपमा सेवन गर्न सकिन्छ – भिटामिन सीको अलावा अमलामा आईरन, क्याल्शियम र फोस्फोरस पनि काफी मात्रामा पाइन्छ र यसलाई एक न्युट्रेसन  ड्रिंक पनि पाइन्छ । 

७) कपाललाई पुर्याउँछ फाइदा – अमलाले कपाललाई पनि फाइदा पुर्याउँछ । हाम्रो कपालको संरचनालाई राम्रो बनाउन ९९ प्रतिशत प्रोटीनको योगदान हुन्छ । अम्लामा पाइने एमीनो एसिड र प्रोटीनले कपाल बढ्न मद्धत गर्छ,  साथै कपाल झर्न पनि मद्धत दिन्छ ।

८) अमलाबाट गर्नुहोस स्किन ट्रीटमेन्ट – अनुहारमा भएको दाग(धब्वा हटाउन अमलाको सहयोग लिन सकिन्छ । अमलाको जुस पिउनाले स्किन ट्रीटमेन्टको काम गर्छ । अमलाको रस रूई (कपास) मा भिजाएर लगाउँदा अनुहारको दाग(धब्बा हट्छ र अनुहारमा चमकता बढाउन सकिन्छ । (एजेन्सीको सहयोगमा)




भर्खरै