• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु ★   मधेसमा खानेपानीको समस्या तत्काल समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको छ: अर्थमन्त्री पुन ★   नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’ ★   पृथ्वीमा जब १०–२० लाख वर्षसम्म लगातार पानी परिरह्यो ★   ललितपुरबाट सुन गाल्ने मेसिन र ५० लाखसहित पाँच जना पक्राउ ★   प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा दर्ता ★   कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक ★   प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ: शिक्षामन्त्री श्रेष्ठ ★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने

गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा ब्याडलक हो: जगत टमाटा



काठमाडौँ । यु १९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताउनु भयो ।

दक्षिण अफ्रिकामा भएको यु—१९ एकदिवसीय क्रिकेटमा सहभागी स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उहाँले विश्वकप समग्रमा राम्रो भएको बताउनु भयो ।

उहाँले यु १९ टिममा राम्रा खेलाडीहरु भएकाले आगमी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल रहेको बतँउनु भयो । उहाँले भन्नुभयो, ‘समग्रमा विश्वकप एकदमै राम्रो भयो । फ्यानहरुले एकदम सपोर्ट गरेको थियो । यु १९ टिमले एकदमै राम्रो खेल्यो । यो मेरो लागि र नेपालको क्रिकेटका लागि एकदमै खुशीको कुरा हो । वल्र्डकप क्वालिफायर्स महत्वपूर्ण थियो, त्यो हामीले पार गरेका छौँ । विश्वकप जोर्नी टिम, मेरो र नेपाली क्रिकेटको लागि राम्रो हो । सबै सदस्य त्यति नै महत्वपूर्ण हुन्छन् । आफ्नो दिन भएकाले राम्रो खेले । ब्याटिङमा गुलशनको राम्रो हुन सकेन, उसको ब्याड लक नै हो । उसले धेरै कुरा सिकेको छ । आगामी दिनमा राम्रो गर्नसक्छ ।’

त्यस्तै गुल्शन झाले समग्रमा विश्वकप राम्रो भएको बताउनु भयो । उहाँले बलिङमा राम्रो भएपनि ब्याटिङमा आफूले सोचेको जस्तो हुन नसकेको बताउनु भयो । खेलमा सधैँभरी राम्रो नै हुन्छ भन्ने नसकिने र उत्तारचढाव भइरहने बताउनु भयो । समग्रमा विश्वकपबाट अनुभव लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समग्रमा राम्रो भयो । टिमले राम्रो खेल्यो । बलिङ मबाट राम्रो थियो, ब्याटिङमा राम्रो भएन । मेरो पनि धेरै आशा थियो, भएन । कहिले कहीँ खेलाडीमा यस्तो हुन्छ । अनुभव राम्रो भयो ।’

त्यस्तै आकाश चन्दले टिमले राम्रोसँग खेलेको बताउनु भयो । उहाँले सुपर सिक्समा पुग्नु नै देश र आफूहरुको लागि राम्रो कुरा भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘टिमले राम्रो खेल्यो । सुपर सिक्समा पुग्न सक्यौँ धेरै नै राम्रो भयो । अझै राम्रो हुन सक्थ्यो ।’

त्यस्तै सुवास भण्डारीले पनि सुपर सिक्समा राम्रोसँग खेल्न नसकेको बताउनु भयो । उहाँले खेलबाट धेरै कुराहरु सिक्ने अवसर पाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुपर सिक्समा अलि राम्रो खेल्न सक्थ्यौँ भएन । अरु धेरै नयाँ कुराहरु सिकियो । आफ्नो प्रदर्शनीबाट खुशी छु ।’