• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा दर्ता



काठमाडौँ । नेकपा (एमाले)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारीपत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले पठाएको जानकारी पत्र संसद सचिवालयमा दर्ता भएको हो ।

राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल थालिएको भन्दै असार १९ बाट समर्थन फिर्ता लिइएको पत्र संसद सचिवालय पुगेको छ ।

कांग्रेससँगको नयाँ सत्ता समीकरणको सहमतिसँगै एमालेका मन्त्रीहरूले सरकारमाथि समर्थन फिर्ता लिएर राजीनामा बुझाइसकेका छन् । रघुवीर महासेठको नेतृत्वमा सरकारमा रहेको ८ जना मन्त्रीहरूको राजीनामा बिहिबार स्वीकृत भइसकेको छ ।