२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा ब्याडलक हो: जगत टमाटा



अ+ अ-

काठमाडौँ । यु १९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताउनु भयो ।

दक्षिण अफ्रिकामा भएको यु—१९ एकदिवसीय क्रिकेटमा सहभागी स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उहाँले विश्वकप समग्रमा राम्रो भएको बताउनु भयो ।

उहाँले यु १९ टिममा राम्रा खेलाडीहरु भएकाले आगमी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल रहेको बतँउनु भयो । उहाँले भन्नुभयो, ‘समग्रमा विश्वकप एकदमै राम्रो भयो । फ्यानहरुले एकदम सपोर्ट गरेको थियो । यु १९ टिमले एकदमै राम्रो खेल्यो । यो मेरो लागि र नेपालको क्रिकेटका लागि एकदमै खुशीको कुरा हो । वल्र्डकप क्वालिफायर्स महत्वपूर्ण थियो, त्यो हामीले पार गरेका छौँ । विश्वकप जोर्नी टिम, मेरो र नेपाली क्रिकेटको लागि राम्रो हो । सबै सदस्य त्यति नै महत्वपूर्ण हुन्छन् । आफ्नो दिन भएकाले राम्रो खेले । ब्याटिङमा गुलशनको राम्रो हुन सकेन, उसको ब्याड लक नै हो । उसले धेरै कुरा सिकेको छ । आगामी दिनमा राम्रो गर्नसक्छ ।’

त्यस्तै गुल्शन झाले समग्रमा विश्वकप राम्रो भएको बताउनु भयो । उहाँले बलिङमा राम्रो भएपनि ब्याटिङमा आफूले सोचेको जस्तो हुन नसकेको बताउनु भयो । खेलमा सधैँभरी राम्रो नै हुन्छ भन्ने नसकिने र उत्तारचढाव भइरहने बताउनु भयो । समग्रमा विश्वकपबाट अनुभव लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समग्रमा राम्रो भयो । टिमले राम्रो खेल्यो । बलिङ मबाट राम्रो थियो, ब्याटिङमा राम्रो भएन । मेरो पनि धेरै आशा थियो, भएन । कहिले कहीँ खेलाडीमा यस्तो हुन्छ । अनुभव राम्रो भयो ।’

त्यस्तै आकाश चन्दले टिमले राम्रोसँग खेलेको बताउनु भयो । उहाँले सुपर सिक्समा पुग्नु नै देश र आफूहरुको लागि राम्रो कुरा भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘टिमले राम्रो खेल्यो । सुपर सिक्समा पुग्न सक्यौँ धेरै नै राम्रो भयो । अझै राम्रो हुन सक्थ्यो ।’

त्यस्तै सुवास भण्डारीले पनि सुपर सिक्समा राम्रोसँग खेल्न नसकेको बताउनु भयो । उहाँले खेलबाट धेरै कुराहरु सिक्ने अवसर पाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुपर सिक्समा अलि राम्रो खेल्न सक्थ्यौँ भएन । अरु धेरै नयाँ कुराहरु सिकियो । आफ्नो प्रदर्शनीबाट खुशी छु ।’