३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रचिन रविन्द्रले बनाए दोहोरो शतक, विलियम्सन शतक बनाएर आउट



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाको अनुभवविहीन टोली न्युजिल्यान्डविरुद्ध कतै पनि टिक्ने देखिँदैन । न्युजिल्यान्डले माउन्ट मङ्गनुईस्थित बे ओभल मैदानमा पूर्ण रूपमा वर्चस्व कायम गरेको छ । पहिलो टेष्टको दोस्रो दिन सोमबार चिया ब्रेकसम्म न्युजिल्यान्डले ७ विकेट गुमाएर ४७५ रन बनाएको छ ।

न्युजिल्याण्डका रचिन रविन्द्रले दोहोरो शतक प्रहार गरे, उनी २४० रन बनाएर आउट भए । केन विलियम्सनले पनि शतक प्रहार गरे, उनी ११८ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाका कप्तान निल ब्रान्डले ३ तथा रुआन डी स्वार्टले २ विकेट लिए ।

दोस्रो दिनको पहिलो इनिङ्समा न्युजिल्यान्डले २ सय ५८ रन बनाएको थियो । विलियम्सनले ११२ रन र रचिनले ११८ रन बनाएर खेल्न थाले । विलियम्सनले आफ्नो स्कोरमा खासै रन जोड्न सकेनन् र ११८ रन बनाएर डि स्वार्टको शिकार बने । योसँगै उनी र रचिनबीचको तेस्रो विकेटमा २३२ रनको साझेदारी टुट्यो ।

विलियम्सनको विकेटपछि डेरिल मिचेल र रचिनबीच शतकीय साझेदारी भयो । मिचेल ३४ रन बनाएर आउट भए र दुईबीचको १०३ रनको साझेदारी टुट्यो । विकेटकिपर टम ब्लन्डेल पनि ११ रन बनाएर आउट भए र टोलीले ३९१ रनको स्कोरमा ५ विकेट गुमाएको थियो ।

५ विकेट खसेपछि पनि रचिनले आफ्नो पकडलाई कायम राखे । उनले दोहोरो शतक प्रहार गर्दै टोलीको स्कोर ४०० रनभन्दा माथि पुर्याएका थिए । उनले ग्लेन फिलिप्ससँग ८२ रनको साझेदारी गरे । फिलिप्स ३९ रन बनाएर आउट भए र दुईबीचको साझेदारी टुट्यो ।

रचिन पनि ३६६ बलमा २४० रन बनाएर आउट भए । उनलाई निल ब्रान्डले बोल्ड गरेका थिए । ब्रान्डले फिलिप्स र मिचेललाई पनि आउट पारे ।