• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँमा कारोबार भईरहेको छ । आईतबार उक्त सुन प्रतितोला एक लाख १८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्त,ै आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच रूपैयाँले घटेर १३ सय ९० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।