३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.61

Wind: 5.14

Humidity: 29

Latest
मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरीबल विधेयकमा स्थानीय तहको वित्तिय स्वायत्ततामा असर पर्ने प्रावधान राख्नु हुँदैन सांसदहरु नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौँः मन्त्री गुरुङ जब पत्रकारको माइकले ट्रम्पको अनुहारमा लाग्यो… (भिडियोसहित) पीडितको वचत फिर्ता गराउन सहकारी बैंक र सहकारी संस्थाका पदाधिकारीको सम्पती रोक्का गरौँः सांसद सुवाल अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती पक्राउ परे प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने वर्तमान व्यवस्था ठूला, बडाहरुलाई मिलेर खान चाहिएको हो: प्रमुख सचेतक शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका कामलाई जनतासमक्ष पुर्‍याउने गरी प्रश्तुत हुन पार्टी सांसदलाई प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्‍याउने गरी संसदमा प्रश्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको पाटीको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सरकारले गरेका काम कारबाही जनतासमक्ष पुर्‍याउने गरी संसदमा आफ्ना धारणा राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको हो ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा तेस्रो अधिवेशनलाई कसरी व्यवस्थ्ति गर्ने ? भन्नेबारेमा छलफल भएको बताउनु भयो । उहाँले बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभएको भनाइलाई उद्धृत गर्दै सरकारले सुशासनका साथ जनताका पक्षमा उठाएका आवाजलाई संसदमा दरिलो आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको पनि बताउनु भयो । उहाँले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामति कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरुलाई निर्देशन दिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा हामीले तेस्रो अधिवेशनलाई कसरी व्यवस्थ्ति गर्ने ? सरकारले सुशासनका साथ जनताका पक्षमा जसरी आवाज उठाइरहेको छ, त्यसलाई जनताका प्रतिनिधि हामी दलका सदस्यहरुले संसदमा व्यवस्थित रुपमा कसरी उठाउने ? यि बारेमा हाम्रा छलफल भए । प्रधानमन्त्रीज्युले संसदलाई व्यवस्थित गर्नलाई खासगरी संघीयता कार्यान्वयनसँग सम्बन्धित जुन विधेयकहरु छन्, ति विधेयक व्यवस्थित गर्ने र सदनमा लैजाने र छलफल गर्ने बारेमा सांसदहरुलाई निर्देशन दिनुभएको छ । भोलि हामी ९ बजे बैठक बस्नेछौँ । राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रभावकारी रुपमा कसरी जनाताका आवाज लैजाने ? सरकारले गरेका राम्रा कामलाई जनतासमक्ष पुर्‍याउने गरी लैजाने गरेर जानका लागि आवश्यक निर्देशन दिनुभएको छ ।’

‘संसदमा अब कार्यतालिकाकासाथ जानेकुरा हामी प्रमुख सचेतक र सचेतक तथा सांसदहरु उठाउनुभएको थियो । कार्य व्यवस्थाको बैठक बस्दैछ, त्यहाँ कार्यतालिका आउँछ । त्यो कार्यतालिकालाई पालन गरेर आफ्नो भुमिकासहित अघि बढ्नेछौँ । टिआरसी सरकारको, हाम्रो पार्टीको सबैभन्दा बढी प्राथमिकता भएको विधेयक हो । सरकारले सकेसम्म सहमतिबाट अघि बढाउने भनेको छ । सहमति हुन सकेन भने प्रक्रियामा लगेर भनेपनि टुंग्याउने भन्ने छ । सकेसम्म सहमतिबाटै टुंग्याऔँ भन्ने हो ।’

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सरकारको सबैभन्दा बढी प्राथमिकता भएको विधेयक रहेको बताउनु भयो । बैठक मंगलवार बिहान ९ बजे पुन: बस्नेछ ।