१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

दलको विवाद अविलम्ब निरुपण गर्न माग गर्दै प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा

दलको विवाद अविलम्ब निरुपण गर्न माग गर्दै प्रचण्ड–नेपाल समूह  निर्वाचन आयोगमा
अ अ+ अ-

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले दलको विवाद अविलम्ब निरुपण गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ । 

शुक्रबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा पत्र लेखि दलको विवाद छिट्टै निरुपण गर्न आग्रह गरेका हुन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ अन्तरगत दलको विवाद निरुपणको निम्ति आग्रह गरिएको छ ।

शुक्रबार नेकपाको तर्फबाट नेकपा नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे, रामनारायण बिडारी र मुक्ति प्रधान निर्वाचन आयोग पुग्नुभएको थियो । नेकपा नेता लिलामणि पोखरेलले आफुहरु नेकपाको औपचारिक पत्र लिएर निर्णय छिटो गर्न ताकेता गर्नका लागि निर्वाचन आयोग आएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आज हामी हामिले निर्वाचन आयोगमा दल सम्बन्धी विवादको बारेमा जे हामिले दाबी गरेका थियौँ । त्यो अहिलेसम्म निर्णय नभएका कारणले ताकेता गर्नको निम्ति आएका । चाँडै निर्णय गर । निर्वाचन आयोग आफ्नो कर्तव्यबाट कतै च्युत हुँदै त छैन ? उसले समयमा गर्नुपर्ने निर्णय नगरेर त्यसले न्याय दिनुपर्नेमा अन्याय त भइरहेको छैन भन्ने प्रश्न निर्वाचन आयोगसँग राख्न आएका हौँ । हामीले निवेदनसहित लिखित हामिले आजसम्म गरेका निर्वाचन आयोगसँग गरेका पत्राचारहरु समेतलाई उल्लेख गर्दै हामीले औपचारिक रुपमा निवेदन लिएर आएका छौँ ।’

निर्वाचन आयोगले आइतबार बैठक बसेर प्रक्रियालाई अगाडी बढाउने जानकारी दिएको नेता पोखरेलले बताउनुभयो ।