१५ भाद्र २०८३, सोमबार
,
Latest
जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहिर कुरा मिलाए अदालमा पुगेपछि सेटिङ भत्किएर हिरासतमा पुगे पौडेल दाजुभाई



अ+ अ-

काठमाडौं । गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परे । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा उनीहरुलाई बयानको लागि बोलाईएको थियो ।

बयानको लागि उपस्थित नभएपछि उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो । पक्राउको सुईको पाए लगत्तै पौडेलद्वयले हिरासतमा बस्नु नपरोस् भन्नका लागि अदालत समेत एक खालको वाताबरण मिलाएका थिए । सोही अनुसार विशेष अदालतमा बहस गराए । तर विकलको हकमा सम्पत्ति शुद्धिकरणले चलाएको मुद्दामा फरार देखिँदा पाउनै लागेको सुविधा पनि पाएनन् । र, हिरासतमै पठाइए ।

यदि उनले पहिल्यै सम्पत्ति शुद्धिकरणमा फरार सूची परेका कारण उनको पछिल्लो प्रयास असफल भयो । बिकलको कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसँग र सुनिलको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेकसंगै राम्रो हिमचिम थियो ।अभिषेक निदान अस्पतालका संञ्चालक समेत हुन् । उनले संञ्चालन गरेको अस्पतालले घरभाडा नतिरेपछि घरधनीद्वारा अस्पताललाई खाली गर्न ताकेता समेत गरिरहेको छ ।

यो पनि पढ्नुहोस –घरभाडा नतिरेपछि घरधनीद्वारा पुल्चोकको निदान अस्पताललाई खाली गर्न ताकेता

यसअघि दुवै जनामाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरीमा भ्रष्टाचारमुद्दा दायर भएको थियो। २०८० असोज १५ मा अख्तियारले सुनिल पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो ।

त्यस्तै, २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो । सूचनाप्रविधिको क्षेत्रमा एकाधिकार भएका मानिने विकल पौडेल, सुनिल पौडेल लगायतले विभिन्न राजनीतिक नियुक्ति लिई तीन निकायबाट ठूलो मात्रामा सफ्टवेयर र हार्डवेयर खरिदको काममा संलग्न भएको भन्दै दर्जनौं उजुरी समेत परेको थियो ।