• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

पार्टीका सांसदहरुलाई ओलीको निर्देशन: संसदमा गलत बोल्ने बिरुद्ध आलोचना गर्नुस्



file photo

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाईयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरुलाई सचेत गराउनु भयो । आईतवार पार्टी संसदीय दलको बैठक समापन गर्दै उहाँले संसदमा गलत कुराको सख्त आलोचना र बिरोध गर्न पनि पार्टीका सांसदहरुको ध्यानाकर्षण गराउनु भयो । गल्ती बोल्नेका कुरा संसदमा बिरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो । अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाईपाउँ भन्नु स्वभाविक हुने भएपनि अरुले उसको गल्ती सच्याईदिने काम गरिरहन नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कहिले, कहिले हामीलाई कस्तो लाग्छ भने म जत्तिको मानिसलाई किन प्रशिक्षण चाहिन्छ ? मैले नबुझेर के छ र ? भन्ने लाग्नसक्छ । म आफैं पार्लियामेण्टमा यत्रो वर्षदेखि छु, यति कार्यकालदेखि छु भन्ने पनि लाग्न सक्छ । म आफैँले काम सञ्चालन गरिराखेको छु भन्ने पनि लाग्नसक्छ । तर कतिपय प्राविधिक विषयहरु, कतिपय वैचारिक विषयहरु, वैचारिक विषयहरुमा पनि स्पष्टता झन बढी झन स्पष्टताको आवश्यक्ता पर्दछ । तसर्थ, अझ प्राविधिक विषयहरु, के, कस्ता प्रश्ताव कसरी राख्ने हो, नियमापत्ति कसरी गर्नुपर्ने हो, कस्ता विषयमा गर्नुपर्ने हो ? एउटा हामीहरुको अक्सर चलन छ–त्यो रेकर्डबाट त्यो शब्द हटाईयोस् भन्ने ।’

‘मेरो विचारमा रेकर्डबाट गल्ती बोल्नेका शब्दहरु हटाउन लगाउनु जरुरी छैन । त्यो मान्छे के छ भन्ने परिचय कायम रहन दिनुपर्छ । बिरोध गर्नुपर्छ त्यसको । तर रेकर्डबाट हटाईयोस् भन्न चाहीँ पर्दैन क्या । रेकर्डबाट हटाईयोस् भन्ने उसले माग गर्नुपर्ने हुन्छ नि मलाई भन्नुहुन्छ भने । हामीले गलत बोल्यो, रेकर्डबाट हटाईपाउँ भनेर त्यो रेकर्डबाट हटाएर राम्रो, राम्रो बोलेको मात्रै राखिदिने, नराम्रो बोलेको नराख्ने । अगतिलो मान्छे रहेछ भन्ने लुकाइदिने किन गर्नुपरेको छ र ? त्यसकारण गलत कुराको सख्त आलोचना गर्नुपर्छ, बिरोध गर्नुपर्छ । हामीले बिरोध गरेपछि पुगिहाल्यो नि । हामीले अस्वीकार गर्‍यौ, बिरोध गर्‍यौं त्यसको । पुग्यो । तर रेकर्डबाट हटाइयोस् भनेर माग्ने चलन छ नि । त्यो चाहीँ मैले यो कुरा गल्ती बोलेछु सभामुख महोदय, रेकर्डबाट हटाई पाउँ भनेर निजले भन्दाखेरी एउटा कुरा हो । अर्काले उसको गल्ती किन सच्याईदिने ?’

सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसदको रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था छ । ओलीले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने पनि स्पष्ट पार्नुभयो ।