• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

आमिर खानले ‘लापता लेडीज’का लागि अडिसन दिए, किरण रावले रिजेक्ट गरिन्



एजेन्सी । बहुप्रतिक्षित चलचित्र ‘लापता लेडीज’ रिलिज हुन करिब एक महिना मात्रै बाँकी रहेकाले दर्शकमा यो चलचित्रलाई लिएर उत्सुकता बढेको छ । लामो समयपछि निर्देशनमा फर्किएकी किरण रावले यो फिल्मलाई निर्देशन गरेकी छन् । यो फिल्म आमिर खानको प्रोडक्सनमा बन्न लागेको कमेडी ड्रामा हो ।

हालै किरण रावले यस फिल्मको बारेमा बताउँदै आफ्ना पूर्वपति आमिर खानले यस फिल्मको लागि अडिसन दिएको तर उनले अभिनेतालाई रिजेक्ट गरेको खुलासा गरेकी छन् ।

किरण रावले हालै ‘द वीक’लाई दिएको अन्तर्वार्तामा आमिर खानले फिल्ममा विशेष भूमिकाको लागि इच्छा व्यक्त गरेको र अडिसन पनि दिएको बताएकी छन् । अन्ततः यो भूमिका रवि किशनले निभाएका छन् ।

किरण रावका अनुसार आमिर खान यस पात्रबाट निकै प्रभावित थिए र उनले भूमिकाप्रति आफ्नो समर्पण देखाउँदै पोशाक र मेकअपको पनि परीक्षण गरेका थिए ।

यद्यपि, रवि किशनको अडिसन हेरेपछि, किरणले उनको चित्रणमा ताजगी महसुस गरिन्, जुन उनलाई रोचक लाग्यो । रवि किशनको अभिनयको प्रशंसा गर्दै, किरण रावले चरित्रमा ‘एक प्रकारको रस’ मिसाएकोमा उनको प्रशंसा गरिन् ।