१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

समृद्धिको अभियान कार्यान्वयनमा दुविधा नराख्न अर्थमन्त्रीको आग्रह

समृद्धिको अभियान कार्यान्वयनमा दुविधा नराख्न अर्थमन्त्रीको आग्रह
अ अ+ अ-

रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको विकास र समृद्धिका महत्वपूर्ण अभियानको कार्यान्वयनमा दुविधा नराख्न आग्रह गर्नुभएको छ । 
अर्थमन्त्री पौडेलले रुपन्देहीको मोतिपुरमा निर्माण हुने मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यासका क्रममा भएको घटनाका बारेमा शुक्रबार  आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा विकासका सन्दर्भमा जनतालाई भ्रम सिर्जना गरी उक्साउने गरिएको भए पनि जनताले ती भ्रमलाई विस्तारै बुझेर विकासको अभियानलाई सफल बनाउने  समेत बताउनुभएको हो । 
भ्रम सिर्जना गरेर औद्योगिक विकासको महाअभियानलाई पर्दा भित्रबाट केही मानिसलाई उक्साउने काम गरिएको भए पनि आयोजनाको काम आजबाट औपचारीक रुपमा प्रारम्भ भएको उहाँले बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढ्ने र यसमा स्वदेशी लगानीकर्ताको प्रोत्साहन र विदेशी लगानीकर्तालाई सबै प्रकारका सुरक्षाको सुनिश्चितता गरेर लगानी भित्र्याउने बताउनुभयो । उहाँले भन्नुभयो “आज शिलान्यास सम्पन्न भयो । एक महिनापछि हेर्नुस्, कति काम हुन्छ, पत्रकारहरुले समाचार रिपोर्टिङ गर्नुस् ।”


अर्थमन्त्री पौडेलले मोतिपुर औद्योगिक क्षेत्रले ओगटेका जग्गा सरकारले कुनै व्यक्ति विशेषको नभएर सरकारी जग्गा कानूनसम्मत ढङ्गले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा आएको बताउँदै विकासविरोधीले नागरिकमा विस्थापित गराउने भन्दै भ्रम सिर्जना गरेको बताउनुभयो । उहाँले सरकारले सबै खाले दलित भूमिहीन र सुकुम्वासीलाई जमिनको मालिक बनाउने कार्यक्रमअन्तर्गत आयोगमार्फत देशव्यापी अभियान सुरु भएको बताउनुभयो । 
उहाँले यही सरकारले सबै खाले भूमिहीनलाई जग्गा उपलब्ध गराएर सधैँका लागि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीका समस्या समाधान गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो “रुपन्देहीमा सबैभन्दा पहिले मोतिपुर औद्योगिक क्षेत्रका जनतालाई पुर्जा वितरण गर्न आयोगलाई आग्रह गर्छु ।” 
उहाँले औद्योगिक क्षेत्रको पूर्वाधारको काम आगामी दुई वर्षभित्र सम्पन्न हुने उद्योग स्थापनाका लागि आह्वान गरिने र पाँच वर्षमा अत्याधुनिक औद्योगिक पार्कको रुपमा स्थापना हुने बताउँदै उद्योगमा लगानी गर्न चाहनेका लागि राज्यले सुरक्षा तथा स्थानीय जनताले साथ र सहयोग दिने बताउनुभयो । 
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले मोतिपुर औद्योगिक क्षेत्रमा ठूला, मझौला र साना गरी तीन प्रकारका उद्योग स्थापना गर्ने योजनासहित संरचना निर्माण गर्ने बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रमा आन्तरिक लगानी केन्द्रित गर्ने र बाह्य लगानी आकर्षित गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
मन्त्री भट्टले शिलान्यास कार्यक्रममा भएको घटनाका बारेमा केही आत्मकेन्द्रित प्रवृत्तिका व्यक्तिले राजनीतिक रुपमा विकासलाई भन्दा आग्रह पूर्वाग्रहलाई हेर्ने र स्वार्थकेन्द्रित पक्षलाई ध्यान दिएको टिप्पणी गर्नुभयो ।
उहाँले औद्योगिक क्षेत्र स्थापनाले स्थानीयले नै सबैभन्दा बढी प्रतिफल पाउने बताउँदै उहाँले बसेकालाई विस्थापित गर्ने नभएर सरकारको नीतिबमोजिम अव्यवस्थित बसोबासलाई भूमि आयोगमार्फत व्यवस्थित गरिने बताउनुभयो ।


औद्योगिक क्षेत्रको शिलान्यासपछि मञ्चमा कार्यक्रम भइरहँदा आन्दोलनकारीले माइकको लाइन काटिदिएका थिए । उनीहरुले मञ्चमा ढुङ्गामुढासमेत गरेका थिए । 
मोतिपुर औद्योगिक क्षेत्रको स्वामित्वमा रहेको ८१३ बिगाहा जग्गा र स्वामित्वमा आउन १३३।४६ बिगाहा जग्गासहित ९४६।४६ बिगाहा जग्गामा औद्योगिक क्षेत्र निर्माण हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिनुभयो । उहाँले औद्योगिक क्षेत्रको निर्माणका लागि सरकारले विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न गरिसकेकाले यसका लागि रु १२ अर्ब बजेट अनुमान गरिएको जानकारी दिनुभयो । रासस