२६ श्रावण २०८३, मंगलवार
,
Latest
आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै निजी क्षेत्रको वातावरणमैत्री यातायातमा अग्रसरता प्रशंसनीयः प्रहरी महानिरीक्षक कार्की ग्यास अभाव छैन, हल्लाका कारण सुदूरपश्चिममा माग बढ्यो महिला सशक्तीकरण र सामाजिक सुरक्षामा नेपाल–अष्ट्रेलिया सहकार्य विस्तार गर्नेबारे छलफल ‘मोबिलिटी फर अल’ को लक्ष्यसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरूः नीतिगत स्थिरता र पूर्वाधारमा… १२२ खेलको कप्तानी यात्रा पूरा गर्दै रोहित पौडेल नेतृत्वबाट बाहिरिए बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविरमा करिब तीन हजार लाभान्वित आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो विद्युतीय सवारीका लागि १० वर्षे स्थिर नीति र पूर्वाधार निर्माण गर्न यातायात व्यवसायीको माग यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन नयाँ ऐनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमतले संसदीय भुमिकालाई प्रभावकारी बनाउने



अ+ अ-

काठमडौँ । सत्तारुढ दल जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकमा संसदमा प्रभावकारी भुमिका खेल्ने बारेमा छलफल भएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट शुरु हुने संसद अधिवेशनमा प्रभावकारी भुमिका खेल्नेबारेमा छलफल भएको हो ।

बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपालले गठबन्धनको सहमति तोड्दा आफूहरु सरकारबाट निस्किनुपरेको बताउनु भयो । उहाँकाअनुसार गठबन्धनमा शुरुको एक वर्ष जनता समाजवादी पार्टीले सरकार सञ्चालन गर्ने त्यसपछि जनमत र जनमतपछि नेपाली काँग्रेसले सरकार चलाउने सहमति भएपनि कार्यान्वयन नभएपछि सरकारबाट बाहिरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठककमा संगठन सम्बन्धी कुराहरु, खासगरी अहिले वडा अधिवेशनमा छौँ हामी । वडाको अधिवेशन सकिन लागेको अवस्थामा छलफल भएको छ । साथै भोलिदेखि हुने हिउँदे अधिवेशनको बारेमा संसदमा प्रभावकारी भुमिका कसरी जनमत पार्टीले देखाउने भन्नेबारेमा पनि छलफल भएको छ । समसामयिक राजनीतिक घटनाक्रमकै बारेमा हो । मधेस प्रदेशबाट सरकारबाट हामी जुन बाहिरिएका छौँ, त्यहाँ सरकार नेतृत्व परिवर्तनको जुन कुरा छ, जसपाद्वारा सहमति भाँडिएको अवस्था छ, त्यसबारेमा पनि छलफल भइरहेको छ । संघीय सरकारमा सहभागिताको विश्लेषण र काम कारबाहीको समीक्षा हुँदैछ । गठबन्धनमा एक वर्ष जसपाको नेतृत्वमा चल्ने र त्यसपछि जनमतले र काँग्रेसले चलाउने सहमति थियो । त्यो सहमति जसपाद्वारा भाँडिएपछि वर्तमान सरकारमा बसिरहन राम्रो ठानेनौँ ।’

प्रवक्ता यादवले अन्यमन्त्रालयको तुलनामा संघीय सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुलै राम्रो काम गरेको दाबी गर्नुभयो ।