२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि महानगरको डोजर



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउन लागेको सार्वजनिक जग्गामा रहेका अस्थायी घर टहरा भत्काएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

अनधिृकत रुपमा सार्वजनिक जग्गा बर्षौदेखि हडपेर भाडामा समेत लगाएको पाईएको उपरीक्षक अर्यालले बताए । महानगरले उक्त स्थानको १४ वटा टहरा भत्काइरहेको उनले बताए ।

काठमाडौँ महानगरपालिकाले यसअघि पनि सार्वजनिक जग्गामा बनेका घर टहरामाथि डोजर चलाउँदै आइरहेको छ ।