९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ इनिङ्स र ११ महिनापछि शुभमन गिलले बनाए शतक



अ+ अ-

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको ५ टेस्ट सिरिजको दोस्रो खेल विशाखापट्टनममा हुँदैछ । डा वाईएस राजशेखर स्टेडियममा भएको पहिलो इनिङ्समा भारतले ३९६ रन बनाएको थियो भने इंग्ल्याण्डले २५३ रन बनाएको थियो ।

अहिले तेस्रो दिन दोस्रो सत्रको खेल चलिरहेको छ । भारतले ४ विकेट गुमाएर २०१ रन बनाएको छ । शुभमन गिल र अक्षर पटेल क्रिजमा छन् ।

शुभमनले १२ इनिङ र ११ महिनापछि शतक बनाएका छन् । उनले आफ्नो अन्तिम शतक २०२३ मार्चमा बनाएका थिए ।

श्रेयस अय्यर २९, यशस्वी जैसवाल १७, रोहित शर्मा १३ र रजत पाटीदार ९ रन बनाएर आउट भए । जेम्स एन्डरसनले २ विकेट लिए । तेस्रो दिन भारतले आफ्नो दोस्रो इनिङ्स २८/० को स्कोरमा अघि बढाएको थियो ।