२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा पोखरा गोल्डकपको उपाधि आर्मीलाई



अ+ अ-

पोखरा । २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक–एक गोल गरे ।

विजेता आर्मीले १२ लाख एक हजारसहित ट्रफी हात पार्‍यो । उपविजेता थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझायो ।