• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

विशाखापट्टनम टेस्टमा भारत ३९६ रनमा अलआउट, यशस्वीको दोहोरो शतक



एजेन्सी । विशाखापट्टनम टेस्टको पहिलो इनिङ्समा भारतले ३९६ रन मात्रै बनाउन सकेको छ । यशस्वी जैसवालले दोहोरो शतक प्रहार गरे ।

उनी २०९ रन बनाएर आउट भएपनि टोलीलाई ४०० रनभन्दा माथि लैजान सकेनन् । उनी बाहेक टोलीका अन्य कुनै ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् ।

इंग्ल्याण्डका जेम्स एन्डरसन, शोएब बशीर र रेहान अहमदले समान ३–३ विकेट लिए । टम हार्टलीले पनि एक विकेट लिए ।

यशस्वी दोहोरो शतक प्रहार गर्ने तेस्रो कान्छा भारतीय बने । उनले २२ वर्ष ३७ दिनको उमेरमा दोहोरो शतक बनाएका थिए ।

यसअघि विनोद काम्बलीले २१ वर्ष ३५ दिनको उमेरमा दोहोरो शतक बनाएका थिए भने सुनिल गावस्करले २१ वर्ष २८३ दिनको उमेरमा दोहोरो शतक बनाएका थिए ।