६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाविरुद्धको खोप लगाउँदै गृहमन्त्री ‘बादल’



अ+ अ-

काठमाडौं । आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कोरोनाभाइरस विरुद्धको खोप लगाउनुभएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर गृहमन्त्री 'बादल'ले कोरोनाविरुद्धको कोभिशिल्ड लगाउनुभएको हो । 

आजबाट सरकारले दोस्रो चरणको खोप दिँदैछ । सोही अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई आजबाट खोप दिइने भएको छ । अभियानमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।