६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा दोस्रो चरणको खोप अभियान सुरु



अ+ अ-

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली र श्रीमती राधिका शाक्यले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनुभएको छ । 

आइतबार बिहान त्रिभूवन विश्वविद्याय  शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओली र श्रीमती शाक्यले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको हो । प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि शिक्षण अस्पताल पुगि खोप लगाउनुभएको हो । 

खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन पनि सबैलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो। आजबाट दोस्रो चरणको खोप अभियान सुरु भएको छ ।