३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाग धब्बालाई हटाउनेदेखि आलुको १० फाइदा यस्ता छन्, थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौं । आलुले छालाको दाग धब्बालाई हटाउनेदेखि अनुहारको रंगमा निखार ल्याउँछ । आलूमा एन्टी एजिङ गुण हुन्छ जसले चाउरीबाट बचाउन सहयोग गर्दछ । आलूमा प्राकृतिक ब्लिचिङ एजेन्ट हुन्छ जसले छालाको रङलाई निखार्न मद्दत गर्दछ । 

आलुका १० प्रयोग र यसका फाइदाहरु :
१) एउटा आलूको रसमा कागतीको रसको केही थोपा मिसाएर अनुहार र हातमा १० मिनेटसम्म लगाउनुहोस् । यसले अनुहारको चमक बढाउँछ ।

२) एउटा आलूको रसमा अण्डाको सेतो भाग मिसाएर अनुहार र गर्धनमा लगाउनुहोस् । २० मिनेट राखेपछि पानीले धुनुहोस् । छाला चाउरी पर्नबाट जोगाउँछ ।

३)  एउटा आलूलाई कोरेसोमा कोर्नुहोस् । यसमा एक चिम्टी बेसारको धुलो मिसाएर अनुहारमा लगाउँदा रंग गोरो हुन्छ ।

४) एउटा आलुको एउटा स्लाइसमा केही थोपा पानी हालेर यसलाई अनुहारमा पाँच मिनेटसम्म रब गर्नुहोस् । यसले दाग धब्बा टाढा रहन्छ ।

५) एउटा आलूको रसमा थोरै काँचो दुध मिसाउनुहोस् । यसलाई छालामा लगाउनुहोस् र २० मिनेटपछि धुनुहोस् । यसले छालालाई गोरो बनाउँछ ।

६) एउटा आलुलाई पिस्नुहोस् । यसमा मुल्तानी माटो र गुलाब जल मिसाएर अनुहारमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । अनुहारको निखार बढ्छ ।

७) एउटा आलूलाई स्लाइसमा काट्नुहोस् । यसलाई आँखाको मुनी डार्क सर्कलमा पाँच मिनेटसम्म राख्नुहोस् र डार्क सर्कल हट्छ ।

८) एउटा आलूलाई कोरेसोमा कोर्नुहोस् । र यसलाई दहीमा मिसाएर अनुहारमा लगाउनुहोस् । छाला गोरो हुन्छ ।

९) एउटा आलूलाई पिसेर त्यसमा काँचो दुध र बदामको तेल मिसाउनुहोस् । यसलाई छालामा लगाउँदा छाला नरम हुन्छ ।

१०) एउटा आलूको रसमा २ चम्चा कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस् । त्यसपछि आधा घण्टापछि धुनुहोस् । यसले अनुहारको रंग निखार्छ । (एजेन्सीको सहयोगमा)