३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा लासा ज्वरोका कारण कम्तीमा ३२ जनाको मृत्यु



अ+ अ-

लागोस । नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको सुरुदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको सरकारी अधिकारीले गत सोमबार जनाएको छ ।

नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) का अनुसार, पुष्टि भएका घटनाहरूको संख्या ७४ पुगेको र सोही अवधिमा कुल ७५९ संदिग्ध घटनाहरु पनि देखिएको थियो ।

जनवरी २६ मा स्वास्थ्य अधिकारीहरूले हालैको प्रकोपको प्रतिक्रियामा राष्ट्रव्यापी लासा ज्वरो आपतकालीन अपरेशनहरू सक्रिय गरेको बताएका छन् । एनसीडीसीले मृत्यु दर कम गर्न राज्य जनस्वास्थ्य टोलीहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ ।

यो रोग नाइजेरियामा वर्षैभरि देखा पर्दछ, तर सुख्खा मौसममा धेरै देखा पर्ने जनाइएको छ । यो रोगबाट गत वर्ष नाइजेरियामा कम्तीमा ८० जनाको ज्यान गएको एनसीडीसीलृे जनाएको छ । (रासस/सिन्ह्वा)