९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको कारोबारको पहिलो दिन नै नेप्से परिसूचक २१.५८ अंकले आरालो, चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९२ प्रतिशतले वृद्धि



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २१.५८ अंकले ओरालो लागेको छ । यो दिन ०.८६ प्रतिशत घटेर २ हजार ४८५ .०९ विन्दुमा पुगेको छ । 

यो दिन २ सय ११ वटा कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर ५३ हजार ९७० पटकमा  रू. ५ अर्ब ५४ लाख ६६ हजार ४८० बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी नेपाल इन्फ्रास्टक्चर बैंकले कारोबारको सर्वाधिक हिस्सा ओगटेको छ । उक्त कम्पनीको रू. ४२ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

यो दिन सबैभन्दा बढी चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९२ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य आइतबार प्रतिकित्ता रू. ६६५ पुगेको छ । दोस्रोमा नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य ९.८३ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्कषण बढेको हो ।

कम्पनीले आइतबार नै १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो दिन कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक ०.९२ प्रतिशत र होटल एण्ड टुरिजम समूहको परिसूचक २.२४ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

सबैभन्दा बढी व्यापार समूहको परिसुचक ४.६८ प्रतिशतले घटेको छ । शेयर मूल्य सबैभन्दा बढी घट्नेमा नेशनल हाइड्रोपावर कम्पनीको ५.५२ प्रतिशत घटेको हो । त्यसैगरी दोस्रोमा साल्ट टेड्रिङ कर्पोरेशनको शेयर मूल्य ५ प्रतिशतले घटेको छ ।