१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट: ओली



file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपलमा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उहाँको आरोप थियो । वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाउनु भयो । उहाँले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताउनु भयो । उहाँले स्काउट एक स्वतन्त्र संस्था भएको तर स्काउटमा गठबन्धन हार्ने, प्रधानमन्त्री हार्ने कुराले अधिवेशन रोकिने कुरा आफूले बुझ्न नसकेको बताउनु भयो । उहाँले स्काउटको सम्पती काँग्रेसले अहिलेसम्म लुटेर खाएको बताउनु भयो । रेडक्रस, गैरआवासीय नेपाली संघ चल्न नदिने लगायतका उद्दण्ड काम सरकारले गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले सरकार यस्तो छ, आजबाट स्काउटको अधिवेशन हुने, विदेशीहरु पनि अए । स्काउट एउटा स्वतन्त्र संस्था हो । मानका लागि त्यहाँ प्रधानमन्त्रीलाई संरक्षक भनेको हुन्छ । मानका लागि हो त्यो । मानका खातिर मान मात्रै हो । संरक्षकले निर्देशन दिन सक्नेछन् भनेको हुन्छ । निर्देशन दिने भनेको ताभुंग पार्न निर्देशन दिने भनेको होइन । सकारात्मक सुझाव दिने, सकारात्मक काम गर्न निर्देशन दिने हो । हस्तक्षेप गर्नलाई निर्देशन भनिँदैन । प्रधानमन्त्रीजीले विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयार भइसक्यो । गठबन्धनले नजित्ला जस्तो देखियो रे । आजबाट सम्मेलन छ, चुनाव होला सायद । हिसाव गर्दा गठबन्धनलै नजित्ने सम्भावना देखियो रे, त्यसो भएर सम्मेलन स्थगित गर्नु, संस्थाको खर्च भयो होला, पाहुना आएका छन्, त्यहाँका नेतृत्व आएका छन् । नेपालको इज्जत के हुन्छ ? इज्जत, बेइज्जतको ख्याल छैन । त्यो सम्पती लुटेर, हडपेर त्यहाँ काँग्रेसले लुटेर खाइरहेको छ, अहिले पनि ।’

‘दादागिरी मसल देखाएर खाइरहेको छ । स्काउट राम्ररी चल्नु भएन, स्काउटले राम्रोसँग काम गर्नु भएन भनेर यसलाइृ भंग गरेको हो । सम्मानित अदालतले कामकाजी गर्न आदेश दिएको हो । अदालतको आदेशविपरित सरकार स्थगित गाउन आदेश गर्छ । मैले प्रधानमन्त्रीलाई भर्खरै सोधेँ हारिने भएको साँच्चै हो । प्रधानामन्त्रीले कसरी हार्छ, काँग्रेसले कसरी हार्छ ? स्काउटमा मैले बुझिन । मैले प्रधानमन्त्रीलाई सोधेँ तपाईहरु हार्ने भएको हो ? अलि मिलाएर लैजाऔँ । के भनेको त्यो । मिलाएर लैजाऔँ भनेको के ? रोक्ने आदेश गरेर । यस्तो स्वेच्छाचारिता मनपरी नगर्नुस् । मैले प्रधानमन्त्रीलाई सुझाव दिएको छु । के गर्नुहुन्छ थाहा छैन ।’

‘रेडक्रस चल्न नदिने कस्तो सरकार हो ? उद्दण्डताको पनि हद हुन्छ । गैरआवासीय नेपालीहरुले आफ्नो संस्था बनाए त्यसमा हस्तक्षेप गर्ने । अधिवेशनमा कार्यकर्ता लगाएर कुर्सी तोडफोड, अनेक प्रकारका हुलदंगा । कस्तो सरकार बन्यो हेर्दाहेर्दै नेपालमा ? डेमोक्रेसी भनिन्छ, प्रणाली डेमोक्रेसी, प्रणाली नै मास्यो त यहाँ । चुनाव हुन नपाउने, उनीहरुले नै जित्नुपर्ने, उनीहरुकै कब्जा हुनुपर्ने के हो डेमोक्रेसी र प्रणाली भनेको । यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । यो सरकार भनेको कानूनअनुसार चल्ने मूल्य, मान्यताअनुसार चल्ने सरकार होइन । गैरकानूनी बेथितिसँग चल्ने सरकार हो ।’

अध्यक्ष ओलीले कुनैपनि स्वतन्त्र संस्थाहरुलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोप लगाउनु भयो ।