२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाेच्चको निर्णय अनपेक्षित भन्दै प्रचण्ड र नेपाल कानून व्यवसायीसँग छलफलमा



अ+ अ-

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका नेताहरुले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसलाको सन्दर्भमा कानुन व्यवसायीसँग परामर्श गरेका छन् ।

आइतबार साँझ नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सर्वोच्चको फैसलाको सम्बन्धमा कानुन व्यवसायीहरुसँग छलफल गर्नुभएको हो । छलफलका क्रममा सर्वोच्चको फैसला अनपेक्षित र राजननीतिक प्रकृतिको भएको सुझाव आएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

कानुन व्यवसायीको धारणा सुनेर भोली स्थायी कमिटीको बैठक राखि पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आजको सर्वोच्चको फैसला बारे कानुन व्यवसायी र विज्ञ साथीहरु सँग छलफल गर्यो । यो आजको फैसला अनपेक्षित जस्तो र बढी राजनीतिक प्रकृतिको फैसला लागेको छ भन्ने सुझावहरु आएको छ । थुप्रै कोणहरुबाट कानुन व्यवसायीहरुले राख्नुभएको छ आफ्नो धारणा । त्यसको आधारमा भोली पार्टीको स्थायी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौ । यो अपेक्षित थिएन यस्तो फैसला, अनपेक्षित नै हो यो । बढी राजनीतिक प्रकृतिको छ । तर समग्र फैसलाको अध्ययन गरेर, सबै साथीहरु सल्लाह गरेर मात्रै विस्तारपूर्वक आफ्नो धारणा भोलि सार्वजनिक गर्छौ ।’

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता बारे सर्वोच्च अदालतमा परेको मुद्दाबारे फैसला गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको हो ।




भर्खरै