काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले गरेको फैसला अनुसार अघि बढ्ने बताउनु भएको छ ।
फैसलापछि आइतबार साँझ बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा ओलीले एकता अघिको नेकपा एमालेको बैठक बोलाउने जानकारी गराउनु भयो ।

प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतको निर्णयले अन्योलमा रहेको राजनीति अब सही बाटोमा जाने भन्दै केही दिनभित्र बैठक बसेर नयाँ राजनीतिक अवस्था र बाटोका बारेमा निर्णय लिने जानकारी गराउनु भयो ।












