२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँसबारी प्रकरण: नातेदार पक्राउ परेपछि राष्ट्रपतिका सल्लाहकार सीआईबीमा



file photo
अ+ अ-

काठमाडौं । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा पक्राउ परेका अजित नारायण थापालाई भेट्न सीआईबी पुगेका छन् ।

छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष समेत रहेका थापालाई बिहिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

अजित पक्राउ परेका खबर पाएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा सीआईबी पुगेका हुन् । अजित उनको नातेदार भएको बताइएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा सीआईबीले थापासहित व्यवसायी अरुण चौधरी र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ गरेको छ ।