१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

सुरक्षण मुद्रणको काम नेपालमै गर्नसके राजश्वको ठूलो हिस्सा बाहिर जाँदैन: मन्त्री शर्मा

सुरक्षण मुद्रणको काम नेपालमै गर्नसके राजश्वको ठूलो हिस्सा बाहिर जाँदैन: मन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्नसके राजश्वको ठूलो हिस्सा बाहिर जानबाट रोकिने बताउनुभएको छ ।

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणका काम गर्दा राजस्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताउनुभएको हो ।

उहाँले सुरक्षण मुद्रणका कामहरु संवेदनशील भएको भन्दै राष्ट्रिय सुरक्षाको लागि पनि नेपाल भित्रै गर्नुपर्ने बताउनु भयो । उहाँले सुरक्षण मुद्रणको विषय गठन आदेशको आधारमा चल्दै आएको उल्लेख गर्दै कानून बनेपछि गठन आदेश खारेज हुने र कानून अनुरुप चल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सुरक्षण मुद्रणजस्तो महत्वपूर्ण विषय गठन आदेशको हिसावमा चलाउँदै आएका थियौँ । यो कानून बनिसकेपछि त्यो गठन आदेश खारेज हुने र कानुनत: अगाडी बढ्ने सन्दर्भमा सुरक्षण मुद्रणलाई व्यवस्थित ढंगले यसका कामहरु अगाडी बढ्छन् । सुरक्षण मुद्रणका कामहरु संवेदनशील कामहरु पनि हुन् । ति संवेदनशील कामहरु हाम्रो देशभित्रै छपाई गर्न थाल्यौँ भने देशको ठूलो हिस्साको राजश्व बाहिर जानबाट बच्छ । र हाम्रो आफ्नो राष्ट्रिय सुरक्षाका हिसाबले पनि यो धेरै महत्वपूर्ण हुन्छ भन्ने लागेको छ । नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैंक नोट, भिसा स्ट्रिकर, हुलाक टिकट, अन्य शुल्क स्ट्रिकर, सवारी चालक अनुमतिपत्र, जग्गा धनि दर्ता प्रमाण पुर्जा, डिजिटल नक्सा लगायत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मुद्रण सम्बन्धी सामग्रीहरु प्रकाशन गर्ने भनेर तोकेर यो विधेयक अगाडी बढाएका छौँ ।’

उहाँले नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैंक नोट, भिसा स्ट्रिकर, हुलाक टिकट र अन्य शुल्क स्ट्रिकर प्रकाशन गर्नेगरी विधेयक अगाडी बढाइएको बताउनु भयो । त्यस्तै सवारी चालक अनुमतिपत्र, जग्गा धनि दर्ता प्रमाण पुर्जा, डिजिटल नक्शा लगायत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मुद्रण सम्बन्धी सामग्रीहरु प्रकाशन गर्ने तोकेर विधेयक अगाडी बढाएको स्पष्ट पार्नुभयो । —न्युज एजेन्सी नेपाल