२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षण मुद्रणको काम नेपालमै गर्नसके राजश्वको ठूलो हिस्सा बाहिर जाँदैन: मन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्नसके राजश्वको ठूलो हिस्सा बाहिर जानबाट रोकिने बताउनुभएको छ ।

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणका काम गर्दा राजस्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताउनुभएको हो ।

उहाँले सुरक्षण मुद्रणका कामहरु संवेदनशील भएको भन्दै राष्ट्रिय सुरक्षाको लागि पनि नेपाल भित्रै गर्नुपर्ने बताउनु भयो । उहाँले सुरक्षण मुद्रणको विषय गठन आदेशको आधारमा चल्दै आएको उल्लेख गर्दै कानून बनेपछि गठन आदेश खारेज हुने र कानून अनुरुप चल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सुरक्षण मुद्रणजस्तो महत्वपूर्ण विषय गठन आदेशको हिसावमा चलाउँदै आएका थियौँ । यो कानून बनिसकेपछि त्यो गठन आदेश खारेज हुने र कानुनत: अगाडी बढ्ने सन्दर्भमा सुरक्षण मुद्रणलाई व्यवस्थित ढंगले यसका कामहरु अगाडी बढ्छन् । सुरक्षण मुद्रणका कामहरु संवेदनशील कामहरु पनि हुन् । ति संवेदनशील कामहरु हाम्रो देशभित्रै छपाई गर्न थाल्यौँ भने देशको ठूलो हिस्साको राजश्व बाहिर जानबाट बच्छ । र हाम्रो आफ्नो राष्ट्रिय सुरक्षाका हिसाबले पनि यो धेरै महत्वपूर्ण हुन्छ भन्ने लागेको छ । नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैंक नोट, भिसा स्ट्रिकर, हुलाक टिकट, अन्य शुल्क स्ट्रिकर, सवारी चालक अनुमतिपत्र, जग्गा धनि दर्ता प्रमाण पुर्जा, डिजिटल नक्सा लगायत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मुद्रण सम्बन्धी सामग्रीहरु प्रकाशन गर्ने भनेर तोकेर यो विधेयक अगाडी बढाएका छौँ ।’

उहाँले नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैंक नोट, भिसा स्ट्रिकर, हुलाक टिकट र अन्य शुल्क स्ट्रिकर प्रकाशन गर्नेगरी विधेयक अगाडी बढाइएको बताउनु भयो । त्यस्तै सवारी चालक अनुमतिपत्र, जग्गा धनि दर्ता प्रमाण पुर्जा, डिजिटल नक्शा लगायत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मुद्रण सम्बन्धी सामग्रीहरु प्रकाशन गर्ने तोकेर विधेयक अगाडी बढाएको स्पष्ट पार्नुभयो । —न्युज एजेन्सी नेपाल