२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी चौधरी र थापालाई हिरासतमा राख्ने अनुमति लिन अदालत लगिँदै



अ+ अ-

काठमाडौं । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरण पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापाविरुद्ध कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान हुने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिनको लागि आज नै जिल्ला अदालत लैजाने तयारी गरेको छ ।

उनीहरुलाई चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण गराएर अदालत लैजाने तयारी गरिएको सीआईबीका एक अधिकारीले जानकारी दिए ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा सीआईबीले दुवै जनालाई आज बिहान पक्राउ गरेको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख सिंहलाई प्रयोग गरेर २०४३ भदौ १० गते बिनोद चौधरीले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा १० रोपनी जग्गा लिएका थिए ।