१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

विकासमा जुट्दै गोगनेवासी

विकासमा जुट्दै गोगनेवासी
अ अ+ अ-

भोजपुर । आफू जन्मेको स्थानको विकासमा गोगनेवासी जुटेका छन् । यहाँ जन्म लिएर काम तथा बसाइँसराइ गरी बाहिर गएका न्यौपानेहरू एकजुट भएर यो स्थानको विकासमा जुटेका हुन् ।

जन्म लिएको भूमिलाई देश–विदेशमा चिनाउने तथा गोगने क्षेत्रलाई पवित्र धार्मिकस्थल बनाउने लक्ष्यका साथ गोगनेका न्यौपाने समाजले यहाँ विभिन्न संरचना निर्माण गरिरहेको छ । समाजले टेम्केमैयुङ–८ गोगनेको धाइपाको विष्णु पाञ्चायन मन्दिरको निर्माण गरेको छ ।

जन्मभूमिको सम्मानस्वरुप यहाँको विष्णु पाञ्चायन मन्दिर स्थापना गरेर अमृत सरोवर पोखरीमा निर्माण थालिएको गोगनेका न्यौपाने समाज काठमाडौँका अध्यक्ष भानुभक्त न्यौपानेले बताउनुभयो । धाइपालाई नेपालको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गराउँदै धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

“जन्मभूमिको सम्मानस्वरुप हामी यो ठाउँको विकासमा जुटेका छौँ”, अध्यक्ष न्यौपानेले भन्नुभयो, “यही भूमिमा जन्मेर हामी विभिन्न ठाउँमा पुगेका छौँ, उन्नति, प्रगति गरेका छौँ, हामीलाई यो स्थानमा यही माटोले पुर्यायो, अहिले हामी जन्मभूमिको विकासमा जुटेका छौँ, यो स्थानलाई नेपालको एक उत्कृष्ट धार्मिक गन्तव्य बनाउने हामीले लक्ष्य लिएका छौँ ।”

गोगनेका न्यौपानेको अगुवाइमा यो स्थानमा २०७५ साल माघमा विष्णु पाञ्चायन मन्दिरको स्थापना गरिएको थियो । यहाँ निर्माण गरिने पोखरीमा नेपाल तथा भारतका विभिन्न पवित्र धार्मिकस्थलबाट जल ल्याइने जनाइएको छ । यो क्षेत्रको बृहत् विकास गर्दै धार्मिक पयर्टनका लागि बाहिर गइरहेको पैसालाई नेपालमा नै खर्च गर्ने वातावरण निर्माण गर्ने लक्ष्यले विष्णु पाञ्चायन मन्दिरको विकास भइरहेको न्यौपानेका आदिपुरुष षडानन्दका वंशज पूजा प्रतिष्ठानका संरक्षक दयाकृष्ण न्यौपानेले बताउनुभयो ।

यहाँ निर्माण हुने अमृत सरोवर पोखरीमा देश–विदेशका विभिन्न पवित्र धार्मिक क्षेत्रको जल ल्याइने भएकाले भारतलगायत अन्य ठाउँका धार्मिकस्थलमा नुहाउँदा प्राप्त हुने फल यहीँ प्राप्त हुने उहाँको भनाइ छ । यो धार्मिकस्थललाई नेपालको एक महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

“धार्मिकस्थलको दर्शनका लागि अन्य देशमा जाँदा नेपालको धेरै पैसा बाहिरिने गरेको छ”, उहाँले भन्नुभयो, “हामीले यो धार्मिक क्षेत्रलाई नेपालकै एक उत्कृष्टस्थल बनाउने लक्ष्य लिएका छौँ, यहाँ निर्माण हुने पोखरीमा देश, विदेशका पवित्र धार्मिकस्थलबाट जल ल्याउने छौँ, यसले यहाँको धार्मिक पर्यटनको विकासमा समेत टेवा पुग्ने छ ।”

विष्णु पाञ्चायन मन्दिर परिसरमा न्यौपानेका आदिपुरुष षडानन्दको सालिक, विष्णुपादुका, अष्टचिरञ्जीवी, नवग्रहलगायत देवीदेवताको मूर्ति स्थापना गरिएको छ । मन्दिर परिसरको घेराबारसँगै हेलिप्याडसमेत निर्माण गरिएको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको प्रतिष्ठानका अध्यक्ष धु्रवराज रेग्मीले बताउनुभयो ।

यो क्षेत्रको विकासका लागि दाताबाट रु ५० लाखबराबर सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । यो स्थानलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ प्रतिष्ठानले भावी योजना अघि बढाएको अध्यक्ष रेग्मीको भनाइ छ । “विष्णु पाञ्चायन मन्दिरको बृहत्तर विकासका लागि काम गरिरहेका छौँ”, अध्यक्ष रेग्मीले भन्नुभयो, “यसको विकासका लागि सहयोग प्राप्त भइरहेको अवस्था छ, यहाँ विभिन्न देवीदेवताको मूर्ति स्थापनासँगै आवश्यक संरचना निर्माणको काम भइरहेको छ ।”

धार्मिक सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै लोपोन्मुख भाषा, संस्कृति, रीतिरिवाज, चालचलन, वेशभूषा, संस्कार, संस्कृति र भाषाभाषीको शिक्षा दिन पाठशाला स्थापना गरिने अध्यक्ष रेग्मीले बताउनुभयो । “यो स्थानमा हामीले पाठशाला सञ्चालनको तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पाठशालामार्फत लोपोन्मुख संस्कार, संस्कृतिका बारेमा बालबालिकालाई शिक्षा दिने लक्ष्य छ ।”

पोखरी शिलान्यासको अवसरमा धाइपामा रहेको जाल्पा प्राथमिक विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको छ । विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन यहाँका २९ बालबालिकालाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ । रासस