• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

मैले निष्ठाका साथ राजनीति गरिरहेको छुः ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शुरुदेखि नै निष्ठाका साथ राजनीति गरेको बताउनुभएको छ ।

आफ्नो अभिव्यक्तिमा अन्कन्ट्रोल मिसाईल प्रहार भएपनि ठिक ठाउँमा ताकेर हान्ने गरेको ओलीको भनाई थियो । ओलीले संसद वा बाहिर कुनै पनि ठाउँमा आफूले दिएको अभिव्यक्ति देश र जनताप्रतिका समर्पणभावमा केन्द्रित रहेको बताउनु भयो ।

मंगलवार काठमाडौंमा अयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले आफ्ना अभिव्यक्ति अन्कन्ट्रोल हुने गरेपनि विचार प्रवाहमा भने कहीँ पनि त्रुटी नभएको जिकिर गर्नुभयो । ओलीले लोकतन्त्रलाई नेताहरुले भागी खाने भाँडा बनाउँदा त्यसको टिकाउ नहुने गरेको स्पष्ट पार्नुभयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्रै हुने भएकाले राजनीतिकलाई आफूले सोही अनुसार अघि बढाउने काम गरिरहेको बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘राजनीति लोकतन्त्रका लागि चाहिने हो । वास्तवमा राजनीति के का लागि चाहिन्छ भन्दा लोकतन्त्रका लागि चाहिन्छ । लोकतन्त्र केलाई चाहिन्छ ? जनतालाई चाहिन्छ, समाजलाई, देशलाई । अनि देशका लागि काम गर्दैन, समाजका लागि काम गर्दैन । जनताका लागि काम गर्दैन । दुई चार नेताको ठगी खाने भाँडो हुन्छ लोकतन्त्र भने त्यो लोकतन्त्र फेरि टिक्दैन । लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हुन्छ । तर कहिलेकहिले नराम्रो धक्का खान्छ लोकतन्त्रले । विकल्प अलि पछि प्रकट हुन्छ । अर्को रुपमा प्रकट हुन्छ । तर, त्यस बीचमा देशले ठूलो क्षति व्यहोरिसकेको हुन्छ ।

मैले संसदमा बोल्दा, अन्यत्र बोल्दा देशप्रतिको, जनताप्रतिको, त्यही निष्ठाका साथ बोलेको छु । तर मैले अघि नै भने अलि सावधानी साथ बोल्नुपर्ने रहेछ, होशियारीका साथ बोल्नुपर्ने रहेछ । दाहालजीले भनेजस्तै अनकन्टोल मिसाईल हान्ने हो । त्यसपाराले बोले । यसको अर्थ सावधानीको कमी हो । तर, विचारमा त्रुटी होइन । मिसाईल भन्ने ठिक ठाउँमा ताकेर हानेको छु । तर एउटा हान्दा पुग्ने ठाउँमा कहिलेकहिले ५÷७ वटा हानेको छु । त्यसैलाई अन्कन्ट्रोल भन्नुभएको होला । मैले राजनीतिक शुरुदेखि नै अत्यन्तै निष्ठाका साथ गरेको छु । यसै अनुसार मेरो विचारधारा पनि प्रवाह भएको छ ।

ओलीले आफना अभिव्यक्तिमा केही सावधानीको आवश्यकता भएको पनि आफूले पछिल्लो समय महशुस गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल