काठमाडौ । एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुन अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्ड बाट सम्मानित हुनु भएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान गर्नुभयो ।
तेजाब आक्रमणको अन्त्यका लागि मुस्कानले गरेको निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गरिएको जनाईएको छ । हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ। यो तहको अबार्ड पाउने खातुन पहिलो नेपाली हुनहुन्छ ।
वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई २०६६ भदौ २० गते बिहान बिद्यालय जादै गर्दा दुई किशोरले एसिड प्रहार गरेका थिए । एसिडबाट खातुनको अनुहार, छाती, हातखुट्टा लगायत अंगहरु जलेका थियो । लामो समय सम्म कीर्तिपुर अस्पताल लगायत स्थानमा उनको उपचार भएको थियो । बिरगंञ्ज छप्कैयास्थित मामाको घरमा बसेर अध्ययन गर्दै गरेकी मुस्कानमाथि विद्यालय जाँदै गर्दा एसिड आक्रमण भएको थियो ।











