२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारको फोहरमैला व्यवस्थापनमा पहल गर्छु: सभामुख घिमिरे



file photo
अ+ अ-

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापा कारागारको फोहरमैला व्यवस्थापनका लागि पहल गर्ने बताउनुभएको छ ।

झापा जिल्ला कारागारमा आज बन्दी विकास पुस्तकालयको २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले क्षमताभन्दा बढी कैदीबन्दीका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने बताउनुभएको हो ।

उहाँले परिबन्धमा परेर कठोर जेलजीवन बिताउन बाध्य कैदीबन्दीले पाउनुपर्ने न्यूनतम सुविधामा नजरअन्दाज गर्न नमिल्ने धारणा राख्नुभयो । सभामुख घिमिरेले कैदीबन्दीले विगतको गल्तीबाट पाठ सिकेर कैद भुक्तानपछिको बाँकी जीवनलाई समाज रुपान्तरणमा लगाउन आग्रह गर्नुभयो ।

“मुलुकमा राम्रा र सुविधा सम्पन्न बन्दी गृह बनाउनुभन्दा कोही पनि बन्दी बनेर आउने परिस्थिति सृजना हुन नदिने वातावरण बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “अपराध गर्ने मनोवृत्ति नियन्त्रण गर्नुपर्छ, पूर्वाग्रह र जालसाजबाट जो कोहीलाई पनि फसाउने वातावरण बन्नु हुँदैन । त्यसो भए जेल नै चाहिँदैन ।” उहाँले कैदीबन्दीको विविध समस्या सुधारका लागि आफूले कोसिस गर्ने आश्वासन दिनुभयो ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागार प्रमुख मोहनलाल पनेरुले बताउनुभयो । उहाँका अनुसार एक हजार पाँच सय २७ पुरुष, दुईजना नाबालक र ९२ जना महिला गरी एक हजार ६ सय २१ जना कैदीबन्दी कारागारमा छन् ।

उहाँले विगत एक वर्षअघि थपिएको एउटा भवनसहित गरी सात सयजना कैदीबन्दी अट्ने क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण फोहर–मैला व्यवस्थापनमा समस्या बढिरहेको बताउनुभयो ।

बन्दी विकास पुस्तकालयका सचिव रमेश पोखरलले नेपाल सरकारले उपलब्ध गराउँदै आएको दैनिक रु ८० र सात सय ग्राम चामलले जीवन धान्न कठिनाइ भइरहेको बताउनुभयो । उहाँले कारागारमा बन्दी जीवन बिताइरहेकाहरुका लागि सीप सिकाउने, खेलहरु खेलाउने, अध्ययन अध्यापनमा रुचि जोगाउनेलगायत नमूना कार्यहरु गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एलपी सावा, प्रदेशसभा सदस्य चिन्तन पाठक, गोपाल तामाङ, पूर्वसदस्य वसन्त बानियाँ, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईलगायतलाई बन्दी पुस्तकालयलाई सहयोग गरेबापत सम्मान गरिएको थियो । रासस