२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारको फोहरमैला व्यवस्थापनमा पहल गर्छु: सभामुख घिमिरे



file photo
अ+ अ-

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापा कारागारको फोहरमैला व्यवस्थापनका लागि पहल गर्ने बताउनुभएको छ ।

झापा जिल्ला कारागारमा आज बन्दी विकास पुस्तकालयको २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले क्षमताभन्दा बढी कैदीबन्दीका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने बताउनुभएको हो ।

उहाँले परिबन्धमा परेर कठोर जेलजीवन बिताउन बाध्य कैदीबन्दीले पाउनुपर्ने न्यूनतम सुविधामा नजरअन्दाज गर्न नमिल्ने धारणा राख्नुभयो । सभामुख घिमिरेले कैदीबन्दीले विगतको गल्तीबाट पाठ सिकेर कैद भुक्तानपछिको बाँकी जीवनलाई समाज रुपान्तरणमा लगाउन आग्रह गर्नुभयो ।

“मुलुकमा राम्रा र सुविधा सम्पन्न बन्दी गृह बनाउनुभन्दा कोही पनि बन्दी बनेर आउने परिस्थिति सृजना हुन नदिने वातावरण बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “अपराध गर्ने मनोवृत्ति नियन्त्रण गर्नुपर्छ, पूर्वाग्रह र जालसाजबाट जो कोहीलाई पनि फसाउने वातावरण बन्नु हुँदैन । त्यसो भए जेल नै चाहिँदैन ।” उहाँले कैदीबन्दीको विविध समस्या सुधारका लागि आफूले कोसिस गर्ने आश्वासन दिनुभयो ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागार प्रमुख मोहनलाल पनेरुले बताउनुभयो । उहाँका अनुसार एक हजार पाँच सय २७ पुरुष, दुईजना नाबालक र ९२ जना महिला गरी एक हजार ६ सय २१ जना कैदीबन्दी कारागारमा छन् ।

उहाँले विगत एक वर्षअघि थपिएको एउटा भवनसहित गरी सात सयजना कैदीबन्दी अट्ने क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण फोहर–मैला व्यवस्थापनमा समस्या बढिरहेको बताउनुभयो ।

बन्दी विकास पुस्तकालयका सचिव रमेश पोखरलले नेपाल सरकारले उपलब्ध गराउँदै आएको दैनिक रु ८० र सात सय ग्राम चामलले जीवन धान्न कठिनाइ भइरहेको बताउनुभयो । उहाँले कारागारमा बन्दी जीवन बिताइरहेकाहरुका लागि सीप सिकाउने, खेलहरु खेलाउने, अध्ययन अध्यापनमा रुचि जोगाउनेलगायत नमूना कार्यहरु गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एलपी सावा, प्रदेशसभा सदस्य चिन्तन पाठक, गोपाल तामाङ, पूर्वसदस्य वसन्त बानियाँ, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईलगायतलाई बन्दी पुस्तकालयलाई सहयोग गरेबापत सम्मान गरिएको थियो । रासस