काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले अन्ततः नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुने निर्णय गरेका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड माधव समूहको
बैठकले माधव नेपाल लगाएतका पूर्व एमाले नेताहरु एमालेतिर र प्रचण्ड लगायतका पूर्व माओवादीहरु माओवादी केन्द्रतिर रहने निर्णय गरेका हुन् ।
आइतबार सर्वोच्व अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणलाई बदर गरिदिएसँगै एकीकरणपछि बनेको नेकपा नरहने भएपछि नेकपा प्रचण्ड माधव समूहमा रहेका नेता कार्यकर्ताहरु आफ्ना पुरानै पार्टीतिर फर्कने निर्णय गरेका हुन् ।











