२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: सुदूरपश्चिम ८७ रनमा अल आउट, चन्दनले लिए ५ विकेट



अ+ अ-

काठमाडौं । जारी प्रधानमन्त्री कपमा नेपाल एपीएफ क्लबका चन्दन रामको उत्कृष्ट बलिङमा सुदूरपश्चिम प्रदेश ८७ रनमा अल आउट भएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर १६.२ ओभरमा अल आउट हुनुअघि जम्मा ८७ रन बनायो ।

सुदूरको लागि नारायण जोशी ३१ रनमा नट आउट रहे । उनले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । खड्क बोहरा २४ रन आउट हुँदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदुरका मिलन बोहरा ८, राजु रिजाल ५, शेर मल्ल ५, नरेन भट्ट १ रन बनाएर आउट भए ।

सुदूरपश्चिमलाई सस्तैमा अल आउट गराउन एपीएफका तिब्र गतिका बलर चन्दन राम एक्लैले ५ विकेट लिए । आज मात्रै डेब्यू गरेका उनले ७ ओभरमा ५१ रन खर्चे । भुवन कार्कीले ३ विकेट लिँदा राहित पौडेलले २ विकेट लिए ।