• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सापटी फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी



कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

आफूले सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङ बुंगलका धनबहादुर बोहराले मन्त्री साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

यस विषयमा मन्त्री साउदले भने ईन्कार गरेका छन् । उनले बोहरासँग कुनै लेनदेन नभएको र ज्यान मार्ने धम्की पनि नदिएको बताएका छन् ।

यस विषयमा आवश्यक अनुसन्धान तथा छानबिन हुने कैलाली प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले जानकारी दिए ।